मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिनुभयो । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ । नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र…
Read More
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो । उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन । कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक…
Read More
काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य १२ मंसिर, काठमाडौं । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो । काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८…
Read More
सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो

सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँ कायम भएको थियो। त्यस्तै आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँ वृद्धि भएको छ । बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Read More

एनसेलद्धारा ग्राहकका लागि ‘एनपीएल प्ले प्याक’ संचालनमा

एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । एनसेलका अनुसार ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको हो । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ । एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउनेछन् । ग्राहकले एनसेल एप वा*१२३# डायल गरी सहजै…
Read More
कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ । नेपालले पारवाहन सन्धिअनुसार भारतसँग ‘लिज’मा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो । कोलकाता बन्दरगाहमा चार हजार ८५० वर्गमिटरको गोदाम नेपाल पारवहन तथा गोदाम कम्पनीले व्यवस्थापन गर्दै आएको छ । सरकारले कोलकाताको जग्गाको मासिक भाडा भारतीय मुद्रामा ५६ हजार तिर्दै आएको छ । हाल उक्त जग्गा उपयोगको म्याद समाप्त भएको छ । हल्दिया बन्दरगाहको जग्गा आठ हजार ९८५ वर्गमिटर जग्गा पनि उपयोगहीन छ । यहाँस्थित उक्त कार्यालयका…
Read More
तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ । केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । किसानका उत्पादन निःशुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले राससलाई बताउनुभयो । रासस
Read More
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो । अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।…
Read More
दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला परेका छन् । जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका हुन् । कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए । मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ ।
Read More
बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । रासस
Read More