आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । रासस
यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् । “एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।” सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गर्नुभएको छ । म्याग्दी नदीको किनारमा…
भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताउनुभयो । हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताउनुभयो । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भन्नुभयो, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन…
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताउनुभयो । गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले…
हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार…
झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ । रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो । ‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।
आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शारीरिक, मानसिक, सामाजिक र आत्धात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बनेको छ । राष्ट्रिय योग दिवसको सन्दर्भमा योगको विभिन्न आयामबारे योग तथा प्राकृतिक चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय, योग विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राडा क्षितिज बराकोटीसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः योग शब्दको उत्पत्ति जोडबाट सुरु भएको छ । योगको गहिरो अर्थ चै ‘समाधि’…
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गर्नुभयो । प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट…
माघको कठ्याङिग्र्दोँ जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ । माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ । सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाको…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताउनुभएको छ । माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । साथै उहाँले संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको तथा मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको भएको उल्लेख गर्दै उहाँले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने सन्देशमा बताउनुभएको छ । रासस