निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन…
Read More
नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

भरतपुर । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघाराँै केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे आफु जानकार रहेको बताए । उनले उद्यम क्षेत्रमा लगानी गर्ने वातावरण नबन्दा आर्थिक तरलता बढेको बताए । सरकारले लगानीको सुरक्षा गर्न सके मात्रै तरलता कम गर्न सकिने भन्दै उनले नेपाली कांग्रेस बलियो भएमात्रै देशको अर्थतन्त्र, राष्ट्रियता बलियो हुने दाबी गरे । ‘नेपाली कांग्रेस कमजोर भएको छ, तब…
Read More
जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिनुभएको बलिदानलाई पत्याउन…
Read More
कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गर्नुभएको छ । उहाँहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको हो । साथै उहाँहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभएको छ । रासस
Read More
इरानमा प्रदर्शनकारी र सुरक्षा बलबिच झडप, मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

इरानमा प्रदर्शनकारी र सुरक्षा बलबिच झडप, मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

बढ्दै गइरहेको महँगी र बिग्रँदो आर्थिक अवस्थालाई लिएर इरानमा यतिबेला तीन वर्षयताकै सबैभन्दा ठुलो प्रदर्शन भइरहेको छ । बीबीसी अरबी सेवाका अनुसार विरोध प्रदर्शनको पाँचौँ दिन बिहीबार इरानका विभिन्न सहरहरूमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका छन् भने अरूले राजतन्त्र फिर्तीको माग गरेका थिए । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा प्रदर्शनकारी र सुरक्षा बलबिचको झडपका क्रममा सवारी साधनहरूमा आगजनी गरिएको देखाइएको छ । दर्शनकारीहरूले सुरक्षा बलमाथि ढुङ्गा प्रहार गरेका दृश्यहरू देख्न सकिन्छ । प्रहरीले प्रदर्शनकारीमाथि गोला बारुद र अश्रुग्यास फ्याँकेका छन् । दक्षिण पश्चिमी इरानी सहर लोरेस्तानमा प्रदर्शनकारी र सुरक्षा…
Read More
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ । दुर्घटनामा चार जना घाइते भएका थिए । दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, दुर्घटनामा मृतक मनकलाका नाति…
Read More
म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ । अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट…
Read More
आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको हो । आज सुन प्रतितोला २९०० रुपैयाँले बढेको महासंघकाले जानकारी दिएको छ । हिजो (बिहीबार) तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Read More
नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण

नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ । दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले राससलाई बताउनुभयो । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उहाँले बताउनुभयो । अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ । रासस
Read More
तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले राससलाई बताउनुभयो । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिएभने सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख…
Read More