झुवानीमा ‘वडाध्यक्षसँग बालबालिका’ कार्यक्रम
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५, झुवानी मा ६०औँ बालदिवसको अवसरमा वडाध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ झुवानी सामुदायिक पुस्तकालय, झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र रत्ननगर नगरपालिका वडा नं–५ को सहयोगमा वडाध्यक्षसँग बालबालिका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाले खेलुकुद सामग्रीको अभाव, बालमैत्री पुस्तकालय हुनुपर्ने, स्कुल बसमा विद्यार्थीको चाप बढेको, खेलकुदको लागि चौरको व्यवस्थापन नभएको लगायतका प्रश्नहरु वडाध्यक्ष बालकृष्ण चापागाईंलाई सोधेका थिए । विद्यार्थीले राखेका प्रश्नहरुको तत्काल सम्बोधन गर्ने प्रतिबद्धतासहित वडाध्यक्ष चापागाईंले बालबालिकासँग सम्बन्धित कुनै पनि माग पूरा गर्न आफू तत्पर रहेको बताए ।…