रिलेशन खबर डटकम डिजिटल पत्रिका सुभारम्भ
रत्ननगर । चितवनबाट अर्को एउटा अनलाईन डिजिटल पत्रिका सञ्चालनमा आएको छ । रत्ननगरमा लामो समय देखि रिलेशन एफएम सञ्चालन गरिरहनु भएका अनिल अधिकारीले डिजिटल पत्रिकाको रुपमा रिलेशन खबर डट कम सुरु गर्नुभएको हो । नागरिकको सुचना पाउने अधिकार सुनिश्चितताको लागि डिजिटल पत्रिकाको सुरुवात गरिएको अधिकारीले बताउनुभयो । एसलीन मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित सो अनलाईनको सम्पादकमा पुष्पा लम्साल रहनुभएको छ । सुचना विभागमा अधिकारिक रुपमा दर्ता गरी सुरु गरिएको सो अनलाइनमा स्थानीय विषयबस्तुहरुलाई समाचारको रुपमा प्रकासन गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय समचारसंगै उक्त अनलाइनमा स्थानीय स्तरका समाचार तथा सफलताको कथाहरु प्रकासन गरिने अधिकारीले बताउनुभयो । एफएम रेडियोबाट सिकेको अनुभवलाई डिजिटल…