सकियो सौराहा लेडिज जेसीजको सप्ताह
रत्ननगर । सौराहा लेडिज जेसीजको जेसीज सप्ताह सोमबार सकिएको छ । भदौ १२ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत समाजकेन्द्रीत विभिन्न कार्यक्रम गरिएको थियो । सप्ताह अन्तर्र्गत झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका बालबालिकालाई भोजन र दुईवटा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान, सौराहा र राप्ती नदीकिनारमा सरसफाइ, तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको कार्यक्रम संयोजक दीक्षा रिजालले जानकारी दिइन् । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको समापन कार्यक्रममा स्लो स्कुटी रेसमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा सप्ताह सफल बनाउन सहयोग गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो…