संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी
चितवन, जेठ २६– आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले चितवनका सात स्थानीय तहलाई झन्डै ५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार प्रकारका अनुदानमार्फत उक्त रकम स्थानीय तहमा पठाइनेछ। चितवनका स्थानीय तहमध्ये भरतपुर महानगरपालिका ले सबैभन्दा बढी २ अर्ब ५ करोड १७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले विगतका वर्षको तुलनामा संघीय सरकारबाट प्राप्त हुने बजेट घटेको बताए। उनका अनुसार आन्तरिक राजस्व संकलनमा समेत कमी आएकाले विकास कार्यक्रम सञ्चालनमा चुनौती थपिने देखिएको छ। “संघीय अनुदान घटेको छ, आन्तरिक…