पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिनुभयो । यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७…
Read More
नेपाली काँग्रेसको आधिकारिकता विवादः नियमित महाधिवेशन पक्षधर नेताहरू निर्वाचन आयोगमा

नेपाली काँग्रेसको आधिकारिकता विवादः नियमित महाधिवेशन पक्षधर नेताहरू निर्वाचन आयोगमा

नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति छ । यसअघि बिहीवार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रिय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ…
Read More
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ । यस्तै, अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी…
Read More
चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव बदलिने समस्याले गर्दा काम ढिला भएको मन्त्रालयले बताउँदै आएको छ । यसपटक सबैभन्दा बढी झोलुङ्गे पुलको स्रोत सुनिश्चित भएको छ । प्रदेशमा सबैभन्दा बढी बजेट भएको मन्त्रालयका रूपमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई लिइन्छ । स्रोत सुनिश्चित पनि सबैभन्दा बढी यही मन्त्रालयको हुने गरेको छ…
Read More
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । रासस
Read More
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् । “एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।” सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गर्नुभएको छ । म्याग्दी नदीको किनारमा…
Read More
सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताउनुभयो । हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताउनुभयो । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भन्नुभयो, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन…
Read More
सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताउनुभयो । गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले…
Read More
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार…
Read More
झापामा बालेनका लागि खोजियो घर

झापामा बालेनका लागि खोजियो घर

झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ । रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो । ‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।
Read More