चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

चितवन । जिल्लामा विपदबाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपदबाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिनुभयो । भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय…
Read More
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत

काठमाडौँ, २० असार । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’ नेता घनश्याम भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए । ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर…
Read More
प्रधानमन्त्रीलाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

प्रधानमन्त्रीलाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

विराटनगर, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहो¥याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली…
Read More
रत्ननगर अस्पतालमा स्वचालित मेसिनको उद्घाटन

रत्ननगर अस्पतालमा स्वचालित मेसिनको उद्घाटन

रत्ननगर । रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन जडान गरिएको स्वचालित मेसिनको औपचारिक उद्घाटन गरिएको छ । करिब एक हप्तादेखि सञ्चालनमा रहेको सो मेसिनको विहीबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक रुपमा उद्घाटन गरे । सो अबसरमा उनले अस्पताललाई सेवा प्रदान गर्न भवन अभाव रहेको भन्दै केन्द्र र प्रदेश सरकारले बजेट उपलब्ध गराए स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए । रत्ननगर अस्पतालको सेवा विस्तर र विकासका लागि स्थानीय सरकारसधै तयार रहेको भन्दै मेयर सापकोटाले अस्पताललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताए । बागमती प्रदेश सरकार मातहतमा सञ्चालित सो अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट…
Read More
कालिकाका इन्जिनियर मोहन श्रेष्ठलाई विदाई

कालिकाका इन्जिनियर मोहन श्रेष्ठलाई विदाई

कालिका, १९ असार । कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत्त मोहन श्रेष्ठलाई विदाई गरिएको छ । हाल कालिकाको वडा नं १ र ५ मा रहेर कामगर्दै आएका थिए । चन्द्रागिरी नगरपालिकामा सरुवा भएपछि नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य शान्ति महतो, फारमकुमारी ढकाल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारीले फुलमाला सहित खादा लगायर विदाई गर्नुभएको हो । विदाई कार्यक्रममा वडा नं। ४ र ५ का संस्थापक अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ र जिएन महतोको पनि उपस्थ्तिी थियो । कालिका नगरपालिकाको वडा नं। १,२,३ र ५ मा ४ वर्ष ४ महिना काम गरेर विदाई भएका हुन…
Read More
कालिका वडा नं ५ मा राष्ट्रिय झण्डातोलन

कालिका वडा नं ५ मा राष्ट्रिय झण्डातोलन

कालिका, १९ असार । कालिका नगरपालिकाको वडा नं ५ को कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डातोलन गरिएको छ । वडा कार्यालयले कार्यालय परिसरमा नेपाल र नेपालीको राष्ट्रिय शान निरन्तर फरफराई रहोस भन्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा राखिएको हो । यस अघिपनि कार्यालय माथी सानो आकारको राष्ट्रिय झण्डा फरफराउँदै आएको थियो । यो सँगै वडा कार्यालयमा दुईवटा राष्ट्रिय झण्डा फरफराउन थालेका छन् । वडाले कार्यालय परिसरमा ठूलो आकारमा राष्ट्रिय झण्डा फरफराएसँगै वडा कार्यालयको चौरमा वृक्षा रोपण गरेको छ । वडा परिसरलाई सुन्दर र हरियाली पार्क जस्तै बनाउने गरी वृक्षा रोपण गरिएको वडा अध्यक्ष दीपकवहादुर भट्टराईले जानकारी दिनुभयो । वडा परिसरलाई अझै सुन्दर…
Read More
बछौलीमा स्वास्थ्य शिविर : तीन सय जनाको स्वास्थ्य परीक्षण

बछौलीमा स्वास्थ्य शिविर : तीन सय जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा बुधबार आयोजित समुदायमा आधारित दन्त सहित नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा स्थानीय ३०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले बछौली स्वास्थ्यचौकीसंग सहकार्य गरी आयोजना गरेको सो शिविरमा १९७ दाँताका विरामी सहित ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको बछौली स्वास्थ्यचौकी प्रमुख केशव पौडेलले जानकारी दिए । वडा नं ६ का वडाध्यक्ष किरण महतोको अध्यक्षतामा भएको उक्त शिविरको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षको लागि रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि मात्र पाँच लाख रुपैया विनियोजन गरेको बताए । नागरिकको…
Read More
रत्ननगरमा एकवर्षमा १९ किमी सडक कालोपत्रे

रत्ननगरमा एकवर्षमा १९ किमी सडक कालोपत्रे

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले एक वर्षमा करिब १९ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा १२ दशमलब ६५ किलोमिटर सडक कलोपत्रे गरेको थियो भने ७ दशमलब १ किलोमिटर कालोपत्रे सडक मर्मत गरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा सो नगरपालिकाले १८ दशमलब ४० किलोमिटर सडक कालोपत्रे गरेको छ भने ७ दशमलब ५५ किलोमिटर उच्चस्तरीय ग्राभेल गरेको छ । केन्द्र, प्रदेश र नगरपालिका तथा सडक बोर्डको समेत लगानीमा सडक कालोपत्रे गरिएको नगरप्रमुख प्रलाद सापकोटाले जानकारी दिनुभयो । नयाँ निर्माण गरिएकोे सडकको आवश्यकताअनुसार ग्राबेल र उच्च ग्राबेल गरिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । सो नगरपालिकाले ग्रामीण…
Read More
एक अर्ब तीन करोड भुक्तानी नहुँदा नारायणी तटबन्धमा समस्या

एक अर्ब तीन करोड भुक्तानी नहुँदा नारायणी तटबन्धमा समस्या

चितवन, १९ असार । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उहाँले भन्नुभयो,“आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ । ” आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यस लगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी रु ६० करोड यस वर्षको…
Read More
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरु राजीनामा दिने तयारीमा

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरु राजीनामा दिने तयारीमा

काठमाडौं, १९ असार  । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको…
Read More