ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस
२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक-पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ। सोही…