कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्। सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्। पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।
Read More
बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे। गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन्।
Read More
महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयहरू हुने बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आज पहिलोपटक केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा गर्न लागेको हो । बैठकमा प्रवेश गर्नुअघि महामन्त्री पौडेलले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विशेष महाधिवेशनबाट नयाँ कांग्रेस बनेको बताए । “हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने, “विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो,…
Read More
माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, डिल्लीबजारस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो छ । मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको काठमाडौँ महानगरपालिका–३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको…
Read More
नौ हजार २ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख १ हजार भन्दा माथि

नौ हजार २ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख १ हजार भन्दा माथि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच…
Read More
बाजुरामा बाटोमा लडेर एकको मृत्यु

बाजुरामा बाटोमा लडेर एकको मृत्यु

जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममाबीच बाटोमा लगेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताउनुभयो । मृतक थापाको शरीर र टाउँकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ । हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । रासस
Read More
२४ घण्टामै बालेनलाई सघाउन गएका युवासंघका नेता एमाले फर्किए

२४ घण्टामै बालेनलाई सघाउन गएका युवासंघका नेता एमाले फर्किए

नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक युवा पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव पद छोडेर बालेनलाई जिताउन गएका कमल गैरे २४ घन्टा पनि नबित्दै पुनः पार्टीमै फर्किएका हुन् । उनले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै पार्टीमै फर्किएको घोषणा गरेका छन्।फेसबुकमा उनले लेखेका छन्, ‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै आएको संगठित सदस्य हुँ। विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न रहँदै आएको छु।’ ‘हिजो भएका गल्ती सच्याउँदै…
Read More
मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाँदै बालेन

मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाँदै बालेन

पाथीभरा दर्शनका लागि ताप्लेजुङ आउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाने भएका छन् । रास्वपा ताप्लेजुङका सभापति वीरेन्द्र श्रेष्ठका उनी ढुंगेसाँघु जाने भएका हुन् । ‘आज या भोलि जाने भन्ने कुरा भइरहेको छ,उनले भने । बालेन आज पाँचथरमा छन् । झापामा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट उनी फिदिम आइपुगेका हुन् । ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको दर्शन गर्न जाने क्रममा बाटोमा पर्ने इलाम फिदिम र ताप्लेजुङका नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको पाँचथरका सभापति प्रकाश गुरुङले बताए । बालेनले सदरमुकाम फिदिममा पाँचथरका नेता कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेका छन्।…
Read More
सुन्तलाले मनग्य मूल्य पाएपछि चितवनका किसान उत्साहित

सुन्तलाले मनग्य मूल्य पाएपछि चितवनका किसान उत्साहित

जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौँ । खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण…
Read More
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको वस्तु तथा सामान विदेशी मुलुक निर्यात

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको वस्तु तथा सामान विदेशी मुलुक निर्यात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । गत आवको छ महिनाको अवधिमा भने रू ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताउनुभयो । चालु आवको छ महिनामा रू २५ अर्ब ४२ करोड…
Read More