मनकामना केबुलकार ५० दिन बन्द हुने   

मनकामना केबुलकार ५० दिन बन्द हुने   

मनकामना केबुलकार ५० दिन बन्द हुने   

मुग्लिन (चितवन), ३१ असार : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने…
Read More
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित   

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित   

मलेखु (धादिङ), ३१ असार । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो । गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उहाँले भन्नुभयो, “गएराति १२ बजेतिर पानी प¥यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।” मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ…
Read More
नारायणी किनारमा १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी

नारायणी किनारमा १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी

चितवन । चितवनको नारायणी नदीकिनारमा अहिलेसम्म १२ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म साात जनाको सनाखत भएको र पाँच जनाको सनाखत हुन बाँकी रहेको छ । सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार…
Read More
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा…
Read More
खैरहनीको सार्वजनिक सुनुवाई, गुनासो र सुझाव मिश्रित

खैरहनीको सार्वजनिक सुनुवाई, गुनासो र सुझाव मिश्रित

चितवन । खैरहनी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार सम्पन्न भएको छ । नगरपालिकाले गरेको कार्यसम्पादन ,विकास निर्माणका कामका बारे नगरवासीको जिज्ञासा सुन्नुका साथै रायसल्लाह लिने उदेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित नगरवासीले शिक्षामा लगानी अनुसार प्रतिफल आउन नसक्नुका कारण पत्ता लगाएर गुणस्तर वृद्धी गर्नु पर्ने, निर्माणको काम गुणस्तरीय हुनु पर्ने,वेरोजगार अन्त्य गर्न गर्ने खालका योजना ल्याउनु पर्ने,विकृती ,विसंगती रोक्न तथा सभ्य समाज निर्माणका लागि जनचेतनामुलक कार्यक्रम लगायत गतिविधी संचालन गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा विष्णु प्रसाद बास्कोटा,भेषराज खनाल,राज सिलवाल,उ त्तम अधिकारी,मोहदत्त सापकोटा,रामेश्वर पोखरेल,सकुन्तला अधिकारी,गणेश मल्ल लगायतले आआफ्नो…
Read More
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं ३० असार । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।
Read More
त्रिशूली बस दुर्घटना : तीन दिनमा छ जनाको शब फेला

त्रिशूली बस दुर्घटना : तीन दिनमा छ जनाको शब फेला

चितवन । त्रिशूली नदीमा बेपत्ता भएका ६२ जना यात्रु मध्ये आइतबार सम्म छ जनाको शब फेला परेको छ । हराएका दुई बसको भने अझै पत्ता लाग्न सकेको छैन् । तीन दिन खोजी गर्दा विभिन्न स्थानमा छ जनाको सब फेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आइतबार थप तीन जनाको शब फेला परेको छ । दुई जनाको सनाखत भएको छ भने एक जनाको सनाखत हुन सकेको छैन् । भरतपुर–२६ स्थित सिसुवारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ । दिउँसो ४ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले पुरुषको शव फेला पारेको…
Read More
राप्तीका मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्तीका मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी गर्दै मेयर लामा सवारी सरकारी गाडीमा आर्कमण गर्नेको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरको हुन् । घटना भएको आठ दिन वितिसक्दा पनि दोषीको पहिचान गरी कारबाही गर्न नसकिएको भन्दै उपमेयर लामाले इलाका प्रहरी कार्यालय भण्डारामा दोषीलाई कारबाहीको माग गर्दै निवेदन समेत दिएका छन् । नगरपालिकाको कामको सिलसिलामा गड्यौली पुगेर फर्किनेक्रममा बुद्धशान्ति मावि नजिक अज्ञात समुहले मेयर लामा चढेको बा २ झ ३६६६ नम्बरको सरकारी गाडीमा डुंगा प्रहार गरी तोडफोड…
Read More
सिमलताल पहिरो :  पाँच जनाको शव फेला

सिमलताल पहिरो :  पाँच जनाको शव फेला

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।…
Read More
चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र महायज्ञ हुँदै 

चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र महायज्ञ हुँदै 

रत्ननगर । साैराहाकाे निकटमा रहेकाे चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र शिवपुराण महायज्ञ सुरु हुँदैछ । चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिकाे सयुक्त आयाेजनामा सन्ध्या आरतीकाे शुभारम्भ तथा महायज्ञ आयाेजना गरिएकाे हाे । धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयाेजना गरिएकाे आरती व्यवस्थापन समितिका अध्यक्ष गाेकर्ण गिरीले जानकारी दिनुभयाे । धर्म,संस्कृति मार्फत पहिलाे पटक धार्मिक पर्यटनकाे विकास गर्ने उद्देश्यले सन्ध्या महागंगा आरती सुरु गर्न लागिएकाे उनकाे भनाई छ । एक गतेबाट शुभारम्भ भएकाे सन्ध्या आरती हरेक हप्ताकाे साेमबार गर्ने र…
Read More