चितवन । नेकपा (एमाले) वडा कमिटी खैरहनी नगरपालिका १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनले सर्वसम्मतिबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मञ्जु आचार्य, सचिवमा विक्रम चौधरी, उपसचिव महिलातर्फ हिरामाया दवाडी र उपसचिव खुलातर्फ दिनेशकुमार नेपाली चयन भएका छन् ।
चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट आयोजना गरिसकेका छन् । राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् । राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए । भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध…
चितवन । नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका २९ को अध्यक्षमा नारायण थापामगर चयन भएका छन् । उनी दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । शनिबार सम्पन्न वडा अधिवेशनले थापामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो । अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज पुस्तक गौतम र विशिष्ट अतिथि पार्टी नेता धनकीलाल गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आइतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन् । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश…
चितवन । नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् । शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र…
रत्ननगर । नेपाल राष्ट्रिय शिक्षक संगठनले रत्ननगर नगरपालिकालाई शैक्षिक सुधार र शिक्षकको पेशागत सुरक्षाको विषय समेटेर ध्यानर्कषणपत्र बुझाएको छ । प्रस्तावित शिक्षा ऐन पारित लगायत जथाभावी दरबन्दी मिलान, स्थानीय शिक्षा ऐनको आधारमा गरिने शिक्षक तथा प्रधानाध्यापक नियूक्ति बन्द गरिनु पर्ने लगायतका माग राखी नगपालिकालाई ध्यापर्कषणपत्र बुझाएको हो । नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्रिय शिक्षक संगठन रत्ननगर नगर समितिका अध्यक्ष रमेशचन्द्र आचार्य, संगठनका बागमती प्रदेश समितिका महासचिव पूर्ण पुरीले रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकलाई ध्यानकर्षणपत्र हस्तान्तण गरेका थिए । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको पनि उपस्थिति रहेको थियो ।…
चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिकाका व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन गरिएकाे छ । संस्थाका तदर्थ समिति अध्यक्ष अश्मिन कुमार लम्सालको सभापतित्व तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा चुम्लिङटारमा अधिवेशन गरिएकाे हो । अधिवेशनले अश्मिन कुमार लम्साललाई अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय इच्छाकामना चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन गरेको छ । चेम्बरको वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कंडेल र कोषाध्यक्षमा कमला भुजेल निर्वाचित भएको छ । यस्तै सदस्यहरुमा रण बहादुर बुढाथोकी, राजु श्रेष्ठ, चित्र बहादुर गुरुङ, रुपेश तामाङ, रुद्र त्रिपाठी, राजु सुनार, यमप्रसाद सिलवाल,…
बाजुरा । अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले राससलाई जानकारी दिए । ३० परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उनले बताए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताउनुुभयो । उहाँले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । “ अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो…
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताउनुभयो । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति…