बागमती प्रदेश छनोट खेल्न चितवन यू–१९ क्रिकेट टिमको बिदाई
चितवन, ३० असोज । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आयोजित बागमती प्रदेश छनोट प्रतियोगिता खेल्न जान लागेको चितवन यू–१९ क्रिकेट टिमलाई आज चितवन जिल्ला क्रिकेट संघले बिदाई गरेको छ । भरतपुरस्थित क्रिकेट एकेडेमीमा आज दशैं टिका लगाएर खेलाडी तथा टिम व्यवस्थापकलाई टिका जमरा लगाएर बिदाई गरिएको हो । संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी र सदस्य प्रशान्त पियाले खेलाडीहरुलाई बिदाई गरेका हुन् । खेलाडीहरु आजै हेटौंडा प्रस्थान गरेका छन् । चितवन पहिलो खेलमा भोलि (बिहीबार) नुवाकोटसंग खेल्नेछ । यस प्रतियोगिता ४० ओभरको खेलाइने छ । खेलाडीहरुलाई बिदाई गर्दै संघका अध्यक्ष सुदिप पियाले खेलाडीहरुलाई धैर्य…