भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च
गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् । विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये…