भरतपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते
चितवन, २४ भदौ । भरतपुर महानगरपालिका–१९ विक्रमचोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्कुटरमा सवार तीन जना र एक साइकलयात्री घाइते भएका हुन् । आइतवार साँझ ६ः४० बजेको समयमा ना ३७ प ७८४७ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिएको थियो । साईकल यात्री भरतपुर–१९ बस्ने वर्ष ६८ को भिम बहादुर गुरुङ, स्कुटर चालक भरतपुर–२८ बस्ने वर्ष २३ की मेनुका भट्टराई, स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–१ बस्ने वर्ष २३ की पुजा घिमिरे र उनको १८ महिनाको छोरा समिप घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । साइकल यात्री र स्कुटर चालकको अवस्था मध्यम…