रत्ननगरमा भानुभक्त आचार्यको आशुत्वको चर्चा

रत्ननगरमा भानुभक्त आचार्यको आशुत्वको चर्चा

रत्ननगरमा भानुभक्त आचार्यको आशुत्वको चर्चा

चितवन । चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उहाँको कवित्व र आशुत्वको विषयमा चर्चा गरिएको हो । कार्यक्रममा कवि तथा साहित्यकारहरुले भानुभक्त सामान्य कवि नभएको भन्दै नेपाली कलासंस्कृति संरक्षणमा उहाँको भूमिकालाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार पुरुषोत्तम दाहालले भानुभक्त प्रगतिशिल कवि रहेको भन्दै भानुभक्तको आशुत्व अहिले पनि जीवित इतिहास भएको बताउनुभयो । भानुभक्त जस्तो प्रगतिशिल कवि नेपालमा जन्मिएकै छैन उहाँले भन्नुभयो अब पनि जन्मिदैनन् । नारीको अस्थित्व जोगाउन लेखेको…
Read More
कालीगण्डकी करिडोर नवलपुरमा तीन ठाउँमा सडक अवरुद्ध

कालीगण्डकी करिडोर नवलपुरमा तीन ठाउँमा सडक अवरुद्ध

नवलपरासी । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली १ जरेबर, गैडाकोट नगरपालिका ३ हिँदे खोला र बुलिङटार २ मतेडाँडामा सडक अवरुद्ध भएको छ । बौदीकाली १ जरेबर र गैडाकोट ३ हिउँदेखोलामा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको र बुलिङटार २ मतेडाँडामा लेदो बगेको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेले बताए । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको र सडक खुल्न कम्तीमा ४÷५ घण्टा लाग्ने प्रहरीले जनाएको छ । यता बुटवल नारायणगढको नवलपुर खण्डमा भने सडक अवरुद्ध नरहेको प्रहरीले जनाएको छ । त्यसैगरी…
Read More
चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए । शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर…
Read More

कास्कीमा पहिराेमा परी ११ जनाकाे मृत्यू

कास्की । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो । पोखरा–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरूङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।
Read More
पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयाे, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाे छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरू गरिएको छ ।” उहाँले ती…
Read More
चितवन जिल्ला लिगमा जि ब्वाइज र सौराहा विजयी 

चितवन जिल्ला लिगमा जि ब्वाइज र सौराहा विजयी 

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आई स्टडी जि ब्वाइज र सौराहा युवा समाजले जित हात पारेका छन् ।  लिग अन्तर्गत आज (बुधबार) भएको पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्‍यो । उसको जितमा प्रयास तामाङ र निशान्त परियारले गोल गरे ।  खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि व्बाइजले अग्रता लिएको थियो । ५९ औं मिनेटमा निशान्तले गोल गरेपछि जि ब्वाइज २-० ले विजयी भयो । निशान्त नै म्यान अफ दि म्याच भए ।  यो जितपछि जि ब्वाइजले समूह ए मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । उसको दुई खेलमा ३…
Read More
नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा…
Read More
रत्ननगरमा एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

रत्ननगरमा एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

चितवन । चितवनमा रु एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए । “कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भने । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ…
Read More
ओमशान्तिका विद्यार्थीलाई स्टेशनरी सहयोग

ओमशान्तिका विद्यार्थीलाई स्टेशनरी सहयोग

रत्ननगर । रत्ननगर वडा नं १ निपनीमा रहेको ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुका लागि स्टेशनरी सहयोग गरिएको छ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमितिले विपन्न समुदायका बालवालिको शिक्षाको लागि स्टेशनरी सहयोग गरेको हो । विहीबार विहान विद्यालयमा आयोजित कार्यक्रममा बाइजुराजकी केन्द्रीय सदस्य अनिता पौडेल र जिल्ला अध्यक्ष शोभा ओली शर्माले विद्यालयकी प्रधानाध्यापक राधा चौधरीलाई कापी र कमल हस्तान्तरण गरेका हुन । बाइजुराजले १६ हजार रुपैया बराबरको कापी र कलम विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त विद्यालयका अघिकाँस विपन्न समुदायका बालबालिका अध्यायन गर्छन् । बाइजुराजकी जिल्ला अध्यक्ष शर्माले मानवीय सेवा कार्य अन्तर्गत विपन्न बालबालिकाको शिक्षाको लागि स्टेशनरी प्रदान गरिएको…
Read More
गंगा प्लाजा व्यवसायीको रक्तदान : ५१ युनिट रगत संकलन

गंगा प्लाजा व्यवसायीको रक्तदान : ५१ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । गंगा प्लाजा व्यवसायी समितिले आयोजना गरेको सो कार्यक्रममा ८ जना महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सेवक बास्तोलाले जानकारी दिए । विश्व जनसंख्या दिवसको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आम नागरिकले दान गरेको रगत विरामीसम्म पुग्न मुश्किल रहेको भन्दै पावरको भरमा रगत उपलब्ध गराउने गलत प्रवृतिको अन्त्य हुनुपर्ने बताए । सामान्य मान्छेले विरामी हुँदा रगत पाइदैन उनले भने भनसुनका आधारमा रगत पाउने अबस्थाको अन्त्य…
Read More