१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीको ११औं महाधिवेशनसम्ममा पार्टी सदस्यता १० लाख पुर्‍याउने महत्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्दै छ । एमालेका महासचिव शंकर पोखरेलले तयार गरेको ‘वार्षिक कार्ययोजनामा २०८२’ मा पार्टी सदस्यता १० लाख पु¥याउन सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । ‘पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पु¥याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थानुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’ कार्ययोजनामा उल्लेख छ…
Read More
चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन  ३१ भदौ । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए । उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल…
Read More
रत्ननगर वडा नं १५ का सुत्केरी र  गर्भवतीलाई कुखुरा र घ्यु वितरण

रत्ननगर वडा नं १५ का सुत्केरी र गर्भवतीलाई कुखुरा र घ्यु वितरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका सुत्केरी र गर्भवती महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ । सो नगरपालिका अन्तर्गत वडा नं १५ का सुत्केरी र गर्भवती गरी १५ जनालाई कुखुराको भाले, दुई किलो ध्यू, एक क्रेट अण्डा, मुङको दाल, भटमास लगाएत सरसफाईका सामग्री वितरण गरिएको हो । वडा कार्यालयको विनियोजित बजेटबाट सुत्केरी तथा गर्भवती महिलाको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । बुधवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तामाङ लगायतले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारले पौष्टिक आहार दिने भएपछि सुत्केरी महिलाहरु काँखमा शिशु च्यापेर सामाग्री लिन आएका थिए…
Read More
बौद्धिक अपाङ्गता भएका विद्यार्थीसंग मनाइयो अपाङ्गता दिवस

बौद्धिक अपाङ्गता भएका विद्यार्थीसंग मनाइयो अपाङ्गता दिवस

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले नेपाल मावि अन्तर्गत बौद्धिक अपाङ्गता इकाईमा अध्ययनरत विद्यार्थीहरुसंग बाइसौँ राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । दिवसको अबसरमा क्लवले बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई भोजन गराउनुका साथै विभिन्न सामग्री समेत वितरण गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५ आरका क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ रहेका थिए । रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे विशिष्ट अतिथि रहेको सो कार्यक्रम क्लबका अध्यक्ष लायन किसनप्रसादको अध्यक्षतामा भएको थियो । क्लबका संस्थापक अध्यक्ष एवं लायन्स अन्तराष्ट्रिय ३२५ आर का एडिसनल क्याबिनेट सेक्रेटरी लायन सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा महिला विकास अधिकृत घिमिरेले नगरपालिकाले बौद्धिक अपाङ्गता…
Read More
विद्यार्थीलाई पुरस्कर र विद्यालयलाई सम्मान

विद्यार्थीलाई पुरस्कर र विद्यालयलाई सम्मान

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले एसईइ परीक्षा २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत र विद्यालयलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अबसरमा सो नगरपालिकाले सामुदायिक विद्यालय तर्फ पाँच जना विद्यार्थी र दुई विद्यालय तथा संस्थागत तर्फ ६ विद्यार्थी र दुई विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको शिक्षा अधिकृत सुमन सिलवालले जानकारी दिइन् । सामुदायिक विद्यालय तर्फ नेपाल माविका प्रसन्न पौडेलल, सन्देश पौडेल, रोशन क्षेत्री, बैरिया माविका सदिक्षा फुजेल, जनजागृती माविकी प्रमिसा रानामगरलाई पुरस्कृत तथा बैरिया मावि र जनजागृती माविलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । संस्थागत विद्यालय तर्फ पञ्चकन्या विद्या मन्दिरका कुशल पाण्डे, स्काइराइडर आवासीय माविका संयोग…
Read More
व्याडमिन्टनमा सौराहाका होटल व्यवसायीको साथ

व्याडमिन्टनमा सौराहाका होटल व्यवसायीको साथ

रत्ननगर । रत्ननगर वडा नं ३ बेल्सीमा जारी राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगितामा सौराहाका होटल व्यवसायीहरुले सहयोग गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा जारी दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता सौराहाका होटल व्यवसायीहरुले खेलाडीलाई आवास उपलब्ध गराएर सहयोग गरेको प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए ।प्रतियोगितामा भाग लिन करिब २०० बढी खेलाडीहरु बाहिरी जिल्लाबाट रत्ननगर आएका छन् । बाहिरी जिल्लाबाट आएका खेलाडीहरुलाई आयोजकले सौराहामा आवास सुविधा उपलब्ध गराएको छ । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन उकास्ने योजनाका साथ बेल्सीमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनमा भाग लिन आएका खेलाडीहरुलाई आवास सुविधा प्रदान गरिएको सौराहाका…
Read More
रत्ननगर विद्युतको लापरबाही : मिटरै जडान नगरी महसुल असुलीको प्रयास

रत्ननगर विद्युतको लापरबाही : मिटरै जडान नगरी महसुल असुलीको प्रयास

रत्ननगर । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले महिला सहकारीहरुको नेतृत्व गरिरहेको एक संस्थाको कार्यालयमा मिटर जडानै नगरी महसुल असुलीको लागि विल पठाएको पाइएको छ । प्राधिकारणले रत्ननगर वडा नं १२ चिसापानी स्थित सामाजिक उद्यमी महिला सञ्जाल(सेवा नेपाल)को कार्यालयमा मिटर जडान नै नगरी महसुल असुलीको लागि विल काटेको हो । सो संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानको लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानको लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएको मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको…
Read More
आज अधिकांश भागमा मौसम सफा रहने

आज अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं  २ असोज, । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीको चल्ने…
Read More
सोह्र श्राद्ध आजदेखि सुरु, कारणवश श्राद्ध रोकिए यस्ता छन् विकल्प

सोह्र श्राद्ध आजदेखि सुरु, कारणवश श्राद्ध रोकिए यस्ता छन् विकल्प

काठमाडौं, २ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका…
Read More
आज २०८१ साल असोज २ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन,२ असोज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि,…
Read More