कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर, दैनिक ११ वटासम्म उडान
चितवन , भदौ २२ – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ । भरतपुर–काठमाडौँमा ‘एटिआर ७२’ जहाज सञ्चालन हुन्छ । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र भरतपुरबाट काठमाडौँ जाँदा करिब ५० यात्रु बोक्ने गरेको छ । जहाजको क्षमता ७२ जना भए पनि…