सरकारले रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री, कार्यविधि नै निलम्बन
काठमाडौं ,भदौ २६- सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको छ । नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदाैमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ ।…