नेकपा एमाले भरतपुर ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन
चितवन । नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् । शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र…