चित्रसेन मन्दिरमा सन्ध्या आरती र महायज्ञ सुरु : उपमेयर पाठकले गरे उद्घाटन
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारी स्थित चित्रसेन बाबा मन्दिरमा सन्ध्याकालिन आरती र शिवपुराण महायज्ञ सुरु भएकाे छ । चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिले सयुक्त रुपमा आयाेजना गरेकाे सन्ध्याकालिन आरती तथा महायज्ञकाे रत्ननगरका उपमेयर यादब प्रसाद पाठकले उद्घाटन गरेका थिए । धर्मसंस्कृति मार्फत साैराहाकाे पर्यटन विकास गर्ने उद्देश्यले आयाेजना गरिएकाे साे कार्यक्रमकाे लागि बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाकाे विशेष सहयाेग रहेकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहा, रेवान साैराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी समूह, वर्ड एजुकेशन साेसाइटी र नेचर गाईड एशाेसियसनकाे समेत सहयाेग रहेकाे छ…