एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तीन हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Read More
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ । त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिदा दिइएको उल्लेख छ । त्यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी…
Read More
चितवनमा अत्यधिक चिसो, भरतपुर विमानस्थल तीन दिनदेखि बन्द

चितवनमा अत्यधिक चिसो, भरतपुर विमानस्थल तीन दिनदेखि बन्द

तीन दिनयता चितवनमा अत्यधिक चिसो बढेको छ । आइतबारदेखि शीतलहर चल्न थालेपछि चिसो अत्यधिक बढेको हो । तीन दिनयता चितवनको औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । भरतपुर विमानस्थलका अनुसार शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र आज ९सोमबार० न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । सोमबार दिउँसो ३ बजेसम्मको तापक्रम १४ डिग्री रहेको छ । चिसो बढेपछि चितवनको जनजीवनसमेत प्रभावित बनेको छ । स्थानीयबासी घर छेउछाउमा आगो तापेर बस्न थालेका छन् । रमाइलो चोकमा आगो ताप्दै गरेकी भरतपुर–१० की सीता परियारले चिसोका कारण काम नै प्रभावित बनेको बताइन् । चिसोले बजारमा समेत…
Read More
हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएँः रमेश लेखक

हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएँः रमेश लेखक

कांग्रेस नेता रमेश लेखकले मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् । जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि उनले २३ भदौको आन्दोलनको क्रममा मानवीय हताहतीको पीडाबोधले राजीनामा दिएको बताएका हुन् । ‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो । त्यही पीडाबोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने । मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के…
Read More
रत्ननगर महोत्सवको तयारी तीब्र : मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीब्र : मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।…
Read More
सुनको मुल्यमा केहि गिरावट ,चाँदी भने अहिलेसम्मकै उच्च

सुनको मुल्यमा केहि गिरावट ,चाँदी भने अहिलेसम्मकै उच्च

अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य आज केहि घटेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मुल्य दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदी भने प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार चाँदी चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
चिसो बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा

चिसो बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा

केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजिवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ । जनप्रतिनिधि,अभिभावक,विद्यालय र सरोकारवालाको सुझाबका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आज (सोमबार)को निर्णय अनुसार पुस १६ गतेका दिन भरतपुर महानगरपालिका भित्र संचालित सबै विद्यालय (पूर्वप्राथमिक मन्टेश्वरीसमेत) लाई बिदा दिने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवास चन्द्र आचार्यले जानकारी दिनुभयो । महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई चिसोबाट बचाउन आवश्यक साबधानी अपनाउन सबैमा अनुरोध गरेको छ । पुस १५ गते भने ल्होसारको सार्वजनिक बिदा…
Read More
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै हुनुहुन्छ । अहिलेसम्म रु १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा रु १५ लाख सुन्तला रहेको उहाँ बताउनुहुन्छ । “यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,” गुरुङले भन्नुभयो, “ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरँे ।” विसं २०५७ मा करिब…
Read More
बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन्। सोमबार मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्। आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो। जेनजी आन्दोलनका वेला ७६ जनाको ज्यान गएको थियो। त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ।
Read More
मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ । मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए । ९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले बताएको छ । निजान्डा सहर नजिकै मोडमा घुम्ने क्रममा रेल पटरीबाट खसेको अधिकारीहरूले भनेका छन् । दुघर्टनाको अनुसन्धान भइरहेको मेक्सिकोका महान्यायाधिवक्ताले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बताएकी छन् । नौसेना सचिवसहित उच्च‍स्तरका अधिकारीहरू दुर्घटनास्थलमा गइरहेका उनले…
Read More