संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक छः राष्ट्रपति
सुनसरी, जेठ ६ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु…