तराई–मधेसका महिलाले आज जितिया पर्व मनाउँदै

तराई–मधेसका महिलाले आज जितिया पर्व मनाउँदै

तराई–मधेसका महिलाले आज जितिया पर्व मनाउँदै

धनुषा,९ असोज । तराई–मधेस क्षेत्रका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । जितिया पर्वको तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले…
Read More
चितवनको कालिका नगरपालिकाअन्तर्गत चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चितवनको कालिका नगरपालिकाअन्तर्गत चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चितवन, ८ असोज । नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुग्नुभएका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो । चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् ।…
Read More
चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन,८  असोज । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए। ‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौँ, उनले भने।…
Read More
सौराहामा उद्यमी महिलाहरुको कार्यशाला : उत्पादन र बजारीकरणमा जोड

सौराहामा उद्यमी महिलाहरुको कार्यशाला : उत्पादन र बजारीकरणमा जोड

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा उद्यमी महिलाहरुको कार्यशाला गरिएको छ । उद्यमी महिलाहरुको सिकाइ तथा अनुभव आदानप्रदान एवम् उत्पादित सामग्रीको प्रर्दशनीका लागि कार्यशाला गरिएको हो । उमन एक्ट्र नामक संस्थाद्वारा सञ्चालित “नेपालका सिमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरूको आर्थिक सवालिकरण परियोजना” अन्र्तगत मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका १५ नगरपालिकाका महिला उद्यमीहरुको आपसी सिकाई एवम् अनुभव आदान–प्रदान तथा उनीहरूद्वारा उत्पादित बस्तुहरूको प्रदर्शनी कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष र्सिजना अधिकारीले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले उद्घाटन गरेकी थिइन् । सो अबसरमा उनले गृहणीमहिलाहरुलाई उद्यमी बनाउन प्रदेश सरकारले उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने तयारी…
Read More
बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं,८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन्। काठमाडौं महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल गरेका थिए। सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरेका थिए। त्यस…
Read More
नवलपुरमा बस पल्टिँदा २३ जना घाइते

नवलपुरमा बस पल्टिँदा २३ जना घाइते

नवलपुर। पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गएराती करिव २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । घाइते सबै राजस्थानका नागरिक हुन । दुर्घटनामा बृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारी लाल शर्मा र मञ्जु शर्मा छन् । त्यस्तै बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा,…
Read More
एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, ८ असाेज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात्  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक  कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए…
Read More
नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै, चौंथो हारबाट जोगिने नेपालको लक्ष्य

नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै, चौंथो हारबाट जोगिने नेपालको लक्ष्य

काठमाडौं,८ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ। नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु…
Read More
आगामी एकसाता भरी बर्षाको सम्भावना

आगामी एकसाता भरी बर्षाको सम्भावना

काठमाडौं ८ असोज,  । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।…
Read More
रत्ननगरका ४७ विपन्न्न परिवारलाई सुधारिएको चुलो

रत्ननगरका ४७ विपन्न्न परिवारलाई सुधारिएको चुलो

रत्ननगर । रत्ननगरका विपन्न समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन सोमबार सुधारिएको चुलो वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले रत्ननगर वडा नं ७ पडेरियाका ४७ धरधुरीलाई सुधारिएको चुलो वितरण गरेको हो । आर्थिक अभावका कारण सिलिण्डर ग्यास प्रयोग गर्न नसकेका समुदायको पहिचान गरी सुधारिएको चुलो प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । वनप्रतिको निर्भरता हटाउदै महिलाहरुको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण कार्यलाई तीब्र पारिएको उनले बताए । धुवाँबाट लाग्ने रोगले विपन्न समुदायका महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवाँ कम आउने महिलाहरु रोगको सिकार हुन नपर्ने बताए । विपन्न समुदायलाई ८० प्रतिशत अनुदानमा…
Read More