विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
काठमाडौँ, साउन २०– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ । उक्त कार्यालयले यस्ता कार्य कानूनविपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही गरिरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको…