मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग
काठमाडौं, जेठ ५ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् । उनले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको बताइन् । सांसद ढकालले प्रश्न गर्दै भनिन्, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास्थ्यकर्मी असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा कसरी सम्भव हुन्छ ?’ उनले पछिल्लो समय…