दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ,…
Read More
एमाले रत्ननगर वडा नं १ वडा कमिटीले गरिदियाे पाण्डेकाे घरमा धारा जडान

एमाले रत्ननगर वडा नं १ वडा कमिटीले गरिदियाे पाण्डेकाे घरमा धारा जडान

रत्ननगर । नेकपा एमालेले आर्थिक अबस्था कमजाेर रहेका माेहन पाण्डेकाे घरका खानेपानीकाे धारा जडान गरिदिएकाे छ । नेकपा एमाले रत्ननगर वडा नं १ वडा कमिटीले साेही वडाकाे भक्तिनी बगैँचा निवासी पाण्डेकाे घरमा आर्थिक लगानी गरि धारा जडान गरेकाे वडा कमिटी सचिव तुलसी गिरीले जानकारी दिए । साे पार्टीले आजबाट पानी प्रयाेग गर्न मिल्ने गरि सम्पूर्ण व्यस्था मिलाएर पाण्डेकाे घरका धारा जडान गरिदिएकाे हाे । साे पर्टीकाे प्रदेश कमिटी सदस्य राजाराम रेग्मी प्रमुख अतिथि रहेकाे आपचारिक कार्यक्रममा जिल्ला कमिटी सदस्य पुष्पराज जाेशी, नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम कार्यवहाक वडा कमिटी अध्यक्ष मीरा सापकाेटाकाे अध्यक्षतामा…
Read More
नारी जागरण केन्द्रको साधारण सभा : विद्यार्थीलाई छात्राबृत्ती, उद्यमीलाई सम्मान

नारी जागरण केन्द्रको साधारण सभा : विद्यार्थीलाई छात्राबृत्ती, उद्यमीलाई सम्मान

रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २७औँ बार्षिक साधरण सभा शनिबार गरिएको छ। रत्ननगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रले तीन जना विद्यार्थीलाई छात्राबृत्ती वितरण तथा चार जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । केन्द्रले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषबाट नेपाल माविमा कक्षा १२ मा अध्यायनरत सिम्रन मगर, सोही विद्यालयमा कक्षा १२ मा अध्यायनरत मुस्कान कुमारी बैठा र कक्षा ११ मा अध्यायनरत इश्वरी चौधरीलाई जनही १० हजारका दरले छात्राबृत्ती वितरण गरिएको महासचिव सरस्वती लामाले जानकारी दिइन । साधारण सभामा केन्द्रले सञ्चालन गरेको सीप मुलक तालिम लिएर उद्यमी बनेका रुपा कट्टेल, माया…
Read More
हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा

हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा

हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २१ औं वार्षिक साधारण सभाअन्तर्गत तीन ओटा सेवाकेन्द्रहरूको इकाई बैठक शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। टाँडी, विजयनगर, र जीतपुर सेवाकेन्द्रमा छुट्टाछुट्टै सम्पन्न भएका यी बैठकहरू टाँडी सेवाकेन्द्रको होटल गंगोत्री हाइवे रत्ननगरमा, विजयनगर सेवाकेन्द्रको तथास्तु पार्टी प्यालेसमा र जीतपुर सेवाकेन्द्रको संस्थाको आफ्नै भवन परिसरमा आयोजना गरिएका थिए। टाँडी सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विजयनगर सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक ध्रुब कुमार ओझाको नेतृत्वमा सम्पन्न भयो। यस बैठकमा उपाध्यक्ष बाबुराम अधिकारी, कार्यवाहक सचिव होमनाथ सापकोटा…
Read More
सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच भरतपुरमा हानाहान

सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच भरतपुरमा हानाहान

चितवन । चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार आयोजित रास्वपाको कार्यक्रम स्थलमा आन्दोलनकारी र रास्वपा कार्यकर्ताबीच झडप भएको हो । रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध क्षेत्रको विकास विषयक नीति मन्थन कार्यक्रम राखेको थियो । कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले संवोधन गर्दै थिए । कार्यक्रम स्थल बाहिर सहकारीपीडित सहितको टोलीले नाराबाजी गरिरहेको थियो । उक्त टोली कार्यक्रममा स्थलमा जान खोज्दा प्रहरीले रोकेपछि हानाहानको स्थिति सृजना भएको जनाइएको छ । सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठन र युवाहरुको संगठन पनि पुगेको थियो । सहकारी पीडितलाई संवोधन गर्ने…
Read More
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

कञ्चनपुर, १९ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उहाँले बताउनुभयो । बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिनुभयो ।  निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उहाँले बताउनुभयो । “सेनाको टोलीले दैनिक निकुञ्ज क्षेत्रमा…
Read More
आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ,१९ असोज । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा…
Read More
आज २०८१ साल असोज १९ गते शनिवार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज १९ गते शनिवार,यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य तथा सौन्दर्यतामा…
Read More
सौराहामा यु आर अटोमेटिक लन्ड्रीको शाखा सञ्चालन

सौराहामा यु आर अटोमेटिक लन्ड्रीको शाखा सञ्चालन

रत्ननगर । चितवनकाे साैराहामा यु आर अटोमेटिक लन्ड्रीको नयाँ शाखा सञ्चालन गरिएकाे छ । रत्ननगर ६ बछौलीको गौरीगाई चोक नजिकै रहेको स्ट्रिट नं ७ बाट लन्ड्रीले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले एक समारोहबीच लन्ड्रीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गिरीले अत्याधुनिक लन्ड्रीको सञ्चालनले साैराहाकाे पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटकीय क्षेत्रका सेवा थपिनु सुखद कुरा हाे उनले भने सबैकाे प्रयासबाट सा‌ैराहालाई माथि उठाउने हाे । बाराको सिमरामा मुख्य कार्यालय रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारका लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीका सञ्चालक…
Read More
नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

रत्ननगर । रत्ननगर वडा नं ६ स्थित नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण कार्यक्रम शुक्रबार गरिएको छ । वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी सचिव गीता तिवारीले प्रगति प्रतिवेदन तथा शोभा पाठकले संस्थाको आयव्याय प्रस्तुत गरेकी थिइन् । सो अबसरमा संस्थाकी अध्यक्ष शुशीला भट्टराईले अनाथ बालबालिकाको संरक्षण, शिक्षा र परिवारमा पुनर्मिलनको लागि बाल संरक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको बताइन् । ८ जना बालबालिका आश्रित केन्द्रले हाल सम्म एक दर्जन बढी बालबालिकालाई शिक्षा र परिवारमा पुनर्मिलन गराइसकेको उनले जानकारी दिइन् । विभिन्न दाताहरुबाट सहयोग संकलन…
Read More