बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

बागमती, २५ भदौ। बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा…
Read More
सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने

सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं, २५ भदौ  । सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ । चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ । चाडपर्वका बेलामा बजारमा बढी…
Read More
मेलम्ची खानेपानीमा भ्रष्टाचारः चार जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाई

मेलम्ची खानेपानीमा भ्रष्टाचारः चार जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाई

काठमाडौं, २५ भदौ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने ११ जनालाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो। अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाइ दिएको छ।
Read More
कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी, २५  भदौ । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो । “पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गत साउनको…
Read More
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानको जिल्ला समिति पुनर्गठन

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानको जिल्ला समिति पुनर्गठन

भरतपुर २४ भाद्र, । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको चितवन जिल्ला समिति पुनर्गठन गरिएको छ । प्रतिष्ठानले आज भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिति पुनर्गठन गरेको हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको सो प्रतिष्ठानको तत्कालिन समयका अध्यक्ष टिकाराम शर्मा लामिछानेकै अध्यक्षतामा पुनः कार्यसमिति गठन गरिएको हो । नवगठित ३५ सदस्यीय समितिमा खुल्ला उपाध्यक्षमा वेदप्रसाद आचार्य, महिला उपाध्यक्षमा रश्मी ईटनी काप्री, सचिवमा उद्धव अर्याल, सह–सचिवमा रामु आचार्य, कोषाध्यक्षमा हिमाल खनाल, सह–कोषाध्यक्षमा डाशिराम ढकाल त्यस्तै सदस्यहरुमा सीता कंडेल, प्रदिप सापकोटा, प्रकाशमणि सापकोटा, मेघराज अधिकारी, लक्ष्मी रेग्मी खरेल, मंजु पौडेल गौतम, विनु सुवेदी, विक्रम लम्साल, राजेन्द्र हमाल, कृष्ण पन्त,…
Read More
रत्ननगरका ज्येष्ठ नागरिकलाई कानुनी सचेतना

रत्ननगरका ज्येष्ठ नागरिकलाई कानुनी सचेतना

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले कानुनी सचेतना कार्यक्रम गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सो नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले गरेका गिए । नगरभित्रका ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको उक्त कार्यक्रममा संजिब पौडेलले ज्येष्ठ नागरिकको अधिकार, कानुनी व्यवस्था तथा पुस्तान्तरणको प्रभाब र डा.राजेन्द्रप्रसाद रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी व्यवहारिक पक्ष र दायित्व सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपमेयर पाठकले ज्येष्ठ नागरिकलाई उनीहरुको अधिकार र संविधानमा भएको व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।…
Read More
नवलपुर प्रहरीद्वारा १२ लाख बराबरको अवैध सामग्री बरामद

नवलपुर प्रहरीद्वारा १२ लाख बराबरको अवैध सामग्री बरामद

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करिब १२ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भन्सार छलि सामान ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा १२ लाख बराबरको अवैध सामग्री कावासोतीबाट बरामद गरेको हो । कावासोती ८ फलफूल चोकबाट मोबाइल, मोबाइल कभर, क्रिम, चिनी, पान मसला, पित्तलका भाडा लगायतका सामग्री गरी ११ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको सामग्री बरामद गरेको पौडेले बताए । विना विलविजगका बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेषपुर पठाएको प्रहरीले जनाएको छ । उक्त बरामद सामग्री विभिन्न समयमा बरामद गरिएको सामग्री भएको…
Read More
नाम कर्णाली राजमार्ग, अवस्था कच्ची सडकको

नाम कर्णाली राजमार्ग, अवस्था कच्ची सडकको

कालीकोट,२४ भदौ । बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको स्थानीयकाे गुनासो छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा पैदल हिँड्ने बाटोसमेत नहुँदा पहिरोमा परेर मानिसको ज्यान जोखिममा पर्ने गरेको छ । रास्कोट नगरपालिका–७ का जैदन रोकायाले आफू सुर्खेतबाट घर फर्कंदा सडकमा पहिरो आएका कारणले पैदल हिँड्ने बाटो नपाउँदा तीन दिनसम्म थुनिएको बताए । उनले भिरको बाटोबाट जानुपर्ने अवस्था आएको भन्दै तीन दिनपछि बल्लतल्ल खुट्टा टेक्ने ठाउँ पाएर…
Read More
भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

चितवन, २४ भदौ। भरतपुर महानगरपालिका–११ नवजागृती सामुदायिक वनमा आइतवार एक पुरुष व्यक्तिको शव फेला परेको छ । उक्त शव कालिका नगरपालिका–५ अजम्बरी टोल बस्ने वर्ष ५५ को बाबुराम परियारको भएको खुलेको छ । मृतकका छोराले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । जंगली जनावरको आक्रमणबाट बाबुरामको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाबुरामले जंगलमा गएर निउरो, च्याउ टिप्ने र विक्री गर्ने गर्थे । मादक पदार्थ सेवन गरिरहने उनी भदौ २२ गतेदेखि सम्पर्कविहिन भएका थिए ।
Read More
शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

चितवन,२४ भदौ । भरतपुर महानगरपालिका–६ देवनगरस्थित एउटा घरको शौचालयभित्र एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६१ वर्षीय चन्द्रप्रसाद न्यौपाने आइतवार घरको शौचालयभित्र घोप्टो अवस्थामा मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More