सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच भरतपुरमा हानाहान
चितवन । चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार आयोजित रास्वपाको कार्यक्रम स्थलमा आन्दोलनकारी र रास्वपा कार्यकर्ताबीच झडप भएको हो । रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध क्षेत्रको विकास विषयक नीति मन्थन कार्यक्रम राखेको थियो । कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले संवोधन गर्दै थिए । कार्यक्रम स्थल बाहिर सहकारीपीडित सहितको टोलीले नाराबाजी गरिरहेको थियो । उक्त टोली कार्यक्रममा स्थलमा जान खोज्दा प्रहरीले रोकेपछि हानाहानको स्थिति सृजना भएको जनाइएको छ । सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठन र युवाहरुको संगठन पनि पुगेको थियो । सहकारी पीडितलाई संवोधन गर्ने…