रत्ननगर अस्पतालमा एक बर्षमा २ लाख ५४ हजार विरामीको उपचार
रत्ननगर,१८ साउन । बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षहरुमा रहर लाग्दो प्रगति गरेको छ । न्यून जनशक्तिमा भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अधिकतम प्रयोग गरेर अस्पतालले ठूलो संख्यामा बिरामीलाई सेवा दिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ८३० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख चार हजार ५०६ थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ५२ हजार ५२७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या बढ्दै गएको ज्ञवालीले बताए। अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाख ४६ हजार…