बछौली माविमा पर्यटन क्लव गठन
रत्ननगर । होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको बछौली माविमा राष्ट्रिय दीगो पर्यटन क्लव गठन गरिएको छ । विद्यार्थी मार्फत पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले क्लव गठन गरिएको हो । सो विद्यालयमा कक्षा ११ र १२ तथा होटल म्यानेजमेण्ट डिप्लोमा पहिलो र दोस्रो सेमेष्टरमा अध्यायनरत विद्यार्थीहरुलाई सहभागी गराएका क्लव गठन गरिएको विद्यालयले जनाएको छ । क्लवको संरक्षकमा निमित्त प्रधानाध्यापक आत्मराम शर्मा तथा दीपेन्द्र श्रेष्ठ संयोजक रहेका छन् । प्रकास महतो क्याप्टेन र राजी गुरुङ कोषाध्यक्ष रहेको सो क्लवको सदस्यहरुमा दिपेश प्रसाद पट्टेल, अन्जना चौधरी, सुर्दशन क्षेत्री, जेसीस चौधरी, सोनिया कुमाल, विवस महतो र स्नेहा महतो रहेका छन् । रत्ननगर नगरपालिका वडा…