गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई नहरको पानी
चितवन, जेठ १०- निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ । टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ । अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उहाँले बताउनुभयो । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने…