कालिका कभर्डहलमा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ स्थित कभर्डहलमा यही भदौ १५ र १६ गते प्रथम मेयर कप व्याडमिन्टन खुल्ला डबल अन्तर जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिका र सेन्टर कलेजको आर्थिक सहयोगमा कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा ५२ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । आयोजक समितिले मंगलबार प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । मेयर विनोद रेग्मीले उद्घाटन गर्ने सो प्रतियोगितामा दुई समुहमा प्रतिस्पर्धा गराइने छ । समूह वी अन्तर्गत खुल्ला र समूह सी अन्तर्गत छिमेकि नगरका टिमहरुले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिनुभयो । खेलकुदको…