ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा
चितवन, जेठ २६– रगतको सहज व्यवस्थापन र जनचेतना फैलाउन खुलेको सामाजिक संस्था ब्लड डोनर्स सोसाइटीमा पछिल्लो समय विवाद बढ्दै गएको छ । विवादकै बीच नेतृत्व चयन गरेको ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रीय समितिमा रहेका पदाधिकारीहरुले नै संस्था छाड्न थालेका छन् । संस्थाको उपाध्यक्षमा चयन भएका सामाजिक अभियन्ता सुरेन्द्र धितालले आफ्नो पदीय भूमिकाबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पछिल्लो समय संस्था भित्र देखिदै आएको खिचातानी, आरोप प्रत्यारोप र निस्वार्थ भावनाले सेवा गर्ने व्यक्तिहरु प्रति गरिएका अपमानजनक व्यवहारका कारण राजीनामा दिएको धितालले बताए । उनले लेखेका छन्–‘विगत…