सहकारी ठगेर भागेका एकजनालाई पनि स्वदेश फर्काउन सकेन सरकारले
काठमाडौं,२९ भदौ । सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको समस्या झन् विकराल हुँदै गएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई गृह प्रशासनबाटै सहयोग नहुँदा सहकारीको बचत रकम अपचलनबाट पीडित नागरिक अझ बढी आहत भएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन। संघीय सरकार अन्तर्गत दर्ता भएका २२ वटा सहकारीको मात्रै ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ अपचलन हुँदा ६२ हजार १८१ बचतकर्ता पीडित छन्।…