चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्यो ‘मायाटार’
चितवन (मायाटार), जेठ ३१– चितवनमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी छ । तर यही चितवनको पहाडी भेगमा भने मौसम असाध्यै मनोरम छ । त्यसैले मैदानी भूभागमा अत्यधिक गर्मी हुँदा गर्मी छल्नकै लागि धेरै मानिसहरु पहाड उक्लिन थालेका छन् । अनि गर्मी छल्ने गज्जबको गन्तव्य बनेको छ इच्छाकामना गाउँपालिका वडा नं.२ स्थित मायाटार । तल्लो भागमा अत्याधिक गर्मी हुँदा पहाडी भागमा भने राति सिरक ओढेर सुत्नुपर्ने अवस्था छ । पछिल्लो केही वर्षयता यो ठाउँ गर्मी मौसममा सबैको रोजाइमा पर्न थालेको छ । चितवनकै तराई भू–भाग अर्थात् बजार क्षेत्रमा अत्यधिक गर्मी हुँदा त्यसलाई छल्नका लागि मानिसहरु यो पहाडी ठाउँमा पुग्ने गरेका छन्…