भरतपुरका ६४ विद्यार्थीले बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने, कसरी गर्ने प्रोसेस ?
भरतपुर, ३ असोज। सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ति घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट…