सामाजिक सेवामा जीवन समर्पण गरेकी खरेल चितवनको उम्मेदवार हुनु गर्वको विषय : सापकोटा
सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी मिना खरेल चितवन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार हुनु सम्पूर्ण क्षेत्रका लागि गर्वको विषय भएको मिना खरेलकी सहकर्मी तथा साथी सिता सापकोटाले बताएकी छन्। सिता सापकोटाका अनुसार वि.सं. २०४९ सालतिर चितवन जिल्लामा उनीहरू भर्खर १५/१६ वर्षको किशोर अवस्थामा थिए। स्कुल सकाएर कलेजमा भर्खर प्रवेश गरेको समयमा समाजमा असहाय, गरिब, महिला तथा बालबालिका अत्यन्त जोखिममा थिए। दाइजो प्रथा, बलात्कार र महिला बेचबिखनका घटनाहरू बढ्दो अवस्थामा रहेको बेला मिना खरेलसहित केही साथीहरूले “अब केही गर्नैपर्छ” भन्ने अठोटका साथ सामाजिक काम सुरु गरे। त्यो समयमा गोजीमा एक सय रुपैयाँ पनि नभएको स्मरण गर्दै सापकोटाले भनिन्,…