जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिनुभएको बलिदानलाई पत्याउन…