मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

इच्छाकामना , असार ७ – निर्माणाधीन मुग्लिन–मलेखु सडक निर्माण आयोजनाको प्याकेज ३ अन्तर्गत भइरहेको सडक, फुटपाथ तथा नाला निर्माण कार्यप्रति स्थानीयवासी तथा व्यवसायीहरूले विभिन्न सुझावसहित ध्यानाकर्षण गराएका छन्। आइतबार कुरिनटारका स्थानीय तथा सरोकारवालाहरुले आयोजना शर्मा एण्ड कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जियर निर्माण पोखरेललाई सुझावसहित ध्यानकर्षणपत्र बुझाएका हुन् । आयोजना प्रमुखलाई सम्बोधन गर्दै निर्माण कार्यको स्थलगत अवलोकनका क्रममा देखिएका प्राविधिक तथा व्यवहारिक पक्षहरू सुधार गर्न आग्रह गरेका हुन्। विश्व बैंकको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत हाल भइरहेको निर्माण कार्यले बजार क्षेत्रका सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्ने भएकाले आवश्यक सुधार गर्न माग गरिएको पत्रमा उल्लेख छ। ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा निर्माण भइरहेको फुटपाथको…
Read More
रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

चितवन , असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज भरतपुर आइपुगेका छन्। शाह काठमाडौंबाट बुद्ध एयरको नियमित उडानमार्फत भरतपुर विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा उनी आफ्नी छोरीलाई काखमा बोकेको अवस्थामा देखिएका थिए। उनकी पत्नी सविना काफ्ले पनि सँगै चितवन पुगेकी छन्। विमानस्थलबाट उनी सिधै कालिका नगरपालिका–११ शक्तिखोरस्थित लटौली रिसोर्टतर्फ प्रस्थान गरेका छन्। सुरक्षा स्रोतका अनुसार शाहले केही समय त्यहाँ विश्राम गरेपछि महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी…
Read More
रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष

रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष

चितवन , असार ७ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् । उनी आइतबार बिहान चितवन पुगेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । आजै रास्वपाको महाधिवेशन उद्घाटन हुँदैछ ।
Read More
रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?

रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?

चितवन , असार ७ – चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको रास्वपाले जनाएको छ । तर, रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् । कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन् । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् । त्यस्तै, जनमतका अध्यक्ष डा.सीके राउत र…
Read More
रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

चितवन , असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना दुग्धजन्य उत्पादनहरूको बिक्री कक्ष सञ्चालन गरेको छ। भरतपुरस्थित महाधिवेशनस्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका उत्पादनहरू उपलब्ध गराइएको छ। ती उत्पादनमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको डीडीसीका चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरञ्जीवी बस्नेतले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता–कार्यकर्ता, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको हो। बिक्री कक्षमा दूध, दही, घ्यू, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा लगायतका विभिन्न दुग्धजन्य सामग्री राखिएको छ। डीडीसीका उत्पादन पछिल्लो समय चर्चामा पनि…
Read More
रास्वपाको प्रथम महाधिवेशनमा बिहानैदेखि समर्थकको भीड

रास्वपाको प्रथम महाधिवेशनमा बिहानैदेखि समर्थकको भीड

चितवन , असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रमभन्दा तीन घण्टा अगाडिदेखि नै स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने छन् ।
Read More
गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

चितवन, असार ७- गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।
Read More
रास्वपा महाधिवेशनः चार हजार २११ प्रतिनिधि

रास्वपा महाधिवेशनः चार हजार २११ प्रतिनिधि

चितवन, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ । कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति,…
Read More
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी

रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी

नारायण अधिकारी, चितवन, असार ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ । पार्टीका केन्द्र र जिल्ला तहका नेताले चितवनलाई उद्गम थलोका रूपमा मान्दै आएका छन् । सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आउनुभएको छ । पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति लामिछानेमात्र नभई चितवन रास्वपाकै आधार क्षेत्र बनेको छ । प्रवासमा रहेर पनि नेपालमा हुने रास्वपाका हरेक गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आउनुभएका चितवन निवासी कृष्ण रेग्मी रास्वपाको उद्गम थलोका रूपमा चितवनलाई नै मान्नुहुन्छ । रेग्मीले घटना विशेषका कारण हिरासतमा बस्दै…
Read More
भरतपुर अस्पतालमा बिरामीको भीड, सिटीस्क्यान बन्द हुँदा थप सास्ती

भरतपुर अस्पतालमा बिरामीको भीड, सिटीस्क्यान बन्द हुँदा थप सास्ती

चितवन, असार ५ – चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ । देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ । अस्पतालका अनुसार हाल दैनिक तीन…
Read More