तीन वर्षको तथ्याङ्क : चितवनमा किशोरी आमा बन्ने दरमा सुधार देखिएन
चितवन, भदौ १७ – स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिए पनि चितवनमा किशोरी आमा बन्ने समस्या अझै अन्त्य हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले २० वर्षमुनिका किशोरी आमा बन्ने दरमा उल्लेख्य कमी नआएको देखाएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउनेमध्ये हरेक वर्ष करिब ८ देखि ९ प्रतिशत २० वर्षमुनिका किशोरी रहेका छन् । गत आर्थिक वर्षमा विभिन्न स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका ११ हजार ८६८ जनामध्ये ९८५ जना किशोरी आमा रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ८९ जनाले प्रसूति सेवा लिएकामा ९५८…