चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण (भाडादरसहित)

चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण (भाडादरसहित)

चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण (भाडादरसहित)

चितवन, भदौ ३१- चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडी (पिटीभी)को नयाँ भाडादर निर्धारण गरेको छ। गत भदौ ९ गते बसेको समितिको बैठकको निर्णयानुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सडकको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण ‘क’ वर्ग, ‘ख’ वर्ग र पिटिभी अनुसार दुईतर्फी भाडादर तय गरिएको हो। नयाँ तोकिएको भाडादर अनुसार ‘क’ वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पिच सडकमा प्रतिकिलोमिटर ७०, ग्राभेलमा प्रतिकिलोमिटर ७५ र कच्ची सडकमा प्रतिकिलोमिटर ८५ कायम रुपैयाँ गरिएको छ भने पहाडी भूभागमा पिचमा प्रतिकिलोमिटर ९५, ग्राभेलमा प्रतिकिलोमिटर १०० र कच्चीमा प्रतिकिलोमिटर ११० रुपैयाँ तोकिएको छ। यस्तै ‘ख’…
Read More
नारायणगढ–हेटौंडा खण्ड स्तरोन्नति हुँदैः टिकौलीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य

नारायणगढ–हेटौंडा खण्ड स्तरोन्नति हुँदैः टिकौलीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य

चितवन,भदौं ३१- चितवनको टिकौली जंगलमा सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब २ किलोमिटर लामो फ्लाइओभर-भायाडक्ट निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्ड स्तरोन्नतिको योजनाअन्तर्गत टिकौली जंगलमा सवारीसाधन माथिबाट र वन्यजन्तु तलबाट आवतजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो । यसका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले हेटौंडाको राप्तीपुलदेखि भरतपुरको गोद्राङसम्मको करिब ७० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । लामो समयदेखि दुई लेनमा सञ्चालन हुँदै आएको यो सडक अब चार लेनमा विस्तार गर्न लागिएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा सञ्चालन हुने आयोजनाको…
Read More
चितवन मेडिकल कलेजद्वारा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

चितवन मेडिकल कलेजद्वारा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

चितवन, भदौ ३१ – चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ । अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिने छ । टोलीको नेतृत्व गर्नुभएका डा वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनलर मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विशेषज्ञ रहनुभएको छ । टोलीले भिडियो एक्सरे, युरिनरी आर/ई, पिएफटी, ल्याब परीक्षणलगायतका सेवा दिने छ । परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइने छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिएमा थप…
Read More
भोटेकोशी बाढीः चितवनमा भेटिएका तीन सय ४९ शवमध्ये १४ वटाको पहिचान, ८१ जनाको डिएनए सङ्कलन

भोटेकोशी बाढीः चितवनमा भेटिएका तीन सय ४९ शवमध्ये १४ वटाको पहिचान, ८१ जनाको डिएनए सङ्कलन

नारायणगढ (चितवन), भदौ ३१ – रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो। पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ । व्यवस्थापन…
Read More
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं, भदौ ३१ – चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् । भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ । फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् । न्यूज बैंक
Read More
नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने

चितवन, भदौ ३१ – नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ । विसं २०७० मा ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ई राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आव्हान गर्न रु एक करोड ५० लाख विनियोजन गरिएको बताउनुभयो । यस अघि निर्माण व्यवसायीले बनाएको संरचनाको अवस्था अध्ययन गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले पुलमा निर्माण गरिएको दुई तर्फको बेस पिल्लरको स्टकचर हेल्थको अध्ययन सुरु गरिएको छ ।” उहाँका अनुसार कार्यालयले ठेकेदार कम्पनी मृत संञ्जीवनी निर्माण…
Read More
कृष्णभिरमा अहिलेसम्म ९० प्रतिशत काम सकियोः सडक डिभिजन भरतपुर

कृष्णभिरमा अहिलेसम्म ९० प्रतिशत काम सकियोः सडक डिभिजन भरतपुर

चितवन,भदौं ३१- सडक डिभिजन कार्यालय भरतपुर, चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्णभिरमा जारी ट्र्याक निर्माण कार्य आज (बुधबार) साँझसम्म पूरा हुने जनाएको छ। दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि (असोज १ गते) देखि सवारी साधन पूर्णरूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको जानकारी कार्यालयले दिएको हो। ‘कृष्णभिर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ,’ कार्यालयले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरको २७० मिटर नव-निर्मित सडक खण्डमा कटिङ, ग्राभेलिङ तथा सब-सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको छ। बाँकी सब-बेसको काम आज बेलुकासम्म पूरा गर्ने गरी कार्य अघि बढाइएको छ।’ फ्लड लाइटको व्यवस्था मिलाएर रातको समयमा पनि निरन्तर काम…
Read More
खरिद मूल्य उल्लेख्य बढेर आए पनि पेट्रोल–डिजेलको मूल्य नबढाउने निगमको निर्णय

खरिद मूल्य उल्लेख्य बढेर आए पनि पेट्रोल–डिजेलको मूल्य नबढाउने निगमको निर्णय

काठमाडौं, भदौ ३१ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको हो । निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ६८ पैसाले बढेको छ । यद्यपि, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्य नै कायम राख्ने निर्णय गरेको निगमले जनाएको…
Read More
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं , भदौ ३१- बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
Read More
चितवनको शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

चितवनको शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

चितवन, भदौ ३१ – भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्यसमेत भएको छ । पश्चिम चितवनका बासिन्दालाई साना–साना स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि भरतपुर अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो कदम चालिएको महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले वताउनुभयो । उहाँका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको कुल दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा जग्गा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अगाडि बढाएर भोगचलनका लागि अस्पताललाई दिइने सम्झौतापत्रमा उल्लेख…
Read More