रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राती १२ बजेवाट मतदान सुरु
काठमाडौं, असार ११- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि राती १२ बजेबाट मतदान सुरु भएको छ । असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो । यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ । भने रास्वपाको महाधिवेशनमा अहिले सम्म १८ सय मत खसालिएको छ ।