सेन्ट्रल कलेजको वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण
चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ । कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवसँगै कलेजको नवनिर्मित आफ्नै भवन सेन्ट्रल टावरको उद्घाटन गरिएको छ । यस्तै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिएको छ । कलेजको प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले एक कार्यक्रमकाबीच सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन गर्नुभयो । त्यस अघि पहिलो दिन बिहान रक्तदानबाट वार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कलेज परिसरमा नै भएको कार्यक्रममा एक सय ४३ जनाले रक्तदान गरेका थिए । चितवनमा हुने रगत अभावलाई मध्यनजर…