निजीमा बिमा हटेपछि चितवनका दुई सरकारी अस्पतालमा बिरामीको उच्च चाप
चितवन, जेठ २९- गएको सोमबार भरतपुर अस्पतालमा बहिरंग सेवा लिने बिरामीको संख्या ३ हजार १८७ रहेको थियो । साता भरीनै हाराहारी बिरामी अस्पताल उपचारका लागि आउने गरेका छन् । यहाँका निजी दुई मेडीकल कलेजमा स्वास्थ्य बिमा हटेपछि यहाँको भरतपुर अस्पताल र बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको छ । भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामी मध्ये २ हजार ३२३ जना बिमाका रहेका थिए । ८६४ जना बिमा बाहेकका रहेका थिए । मंगलबार बिरामीको संख्या २ हजार ९८३ थियो । बिहिबार २ हजार ७८२ रहेको उहाँले जानकारी दिनुभयो । निजीमा…