मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ । नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो । हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यले स्की सङ्घले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ । पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ । मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो । पाचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमाडौँबाट खेलाडी तथा अफिसिय टोली…