रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण
रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्कार प्रति सधै सचेत हुनुपर्ने बताए । भजन समूहका कारणले हाम्रो समाजमा धर्म, संस्कृति र संस्कार जोगिएको उनको भनाईछ । वडाले सबै जातजातीका धर्म, संस्कृतिको संरक्षण गर्ने उनले प्रतिवद्धता जनाए । उनले भने, 'माधवपुरमा गोरखकाली भजन समूहले कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण…