सुनौलो नेपालको ‘भरतपुर कन्क्लेभ’ हुँदै, विकास मोडल र भविष्यको सम्भावनाबारे छलफल हुने
सुनौलो नेपालले चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको छ । शुक्रबार अर्थात् पुष १८ गते हुने प्यानल डिस्कसन कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन विकास र मेडिकल हबको रुपमा भविष्यको सम्भावनाको खोजीतर्फ केन्द्रित हुनेछ । भरतपुरस्थित होटल सिराइचुलीमा हुने कार्यक्रम तीन वटा प्यानलमा विभाजित हुनेछ । दिउँसो १ बजे सुरु हुने कार्यक्रममा शैक्षिक उद्योमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ बारे मन्तव्य राख्नेछन् । कार्यक्रमको पहिलो सेसन भरतपुरको विकास निर्माणमा केन्द्रित हुनेछ । यस प्यानलमा भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा प्यानलिस्टका रुपमा…