त्रिशूली र नारायणी नदीमा आकस्मिक बाढीको जोखिम: उच्च सतर्कता अपनाउन चितवन प्रशासनको अपील
चितवन, भदौ १०– चीनको तिब्बतबाट नेपाल छिर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आई जलसतह उल्लेख्य रूपमा बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाको सूचनाका आधारमा चितवन प्रशासनले बुधबार अत्यन्त जरूरी सूचना जारी गर्दै सम्भावित विपद्बाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको हो। प्रशासनले त्रिशूली र नारायणी नदीमा माछा मार्ने, बालुवा-गिट्टी उत्खनन गर्ने वा अन्य काम गर्ने व्यक्ति तथा मजदुरहरूलाई तत्काल नदी क्षेत्रमा नगर्न र नदी किनारमा रहेका भए तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। साथै, नदी तटीय क्षेत्रमा बसोबास गर्ने आम जनसमुदाय, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र…